पोखरामा भेटियो वृद्धाको शव, पहिचान भएन

पाेखरा | मंसिर १५, २०८०

पोखरामा भेटियो वृद्धाको शव, पहिचान भएन

पोखरा:  पोखरामा बेवारिशे अवस्थामा एक वृद्धाको शव भेटिएको छ ।


अचेत अवस्थामा भेटिएकी वृद्धालाई उद्धार गरी थप उपचारका लागि अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बेवारिशे अवस्थामा भेटिएका वृद्धाको शवको पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।


पोखरा महानगरपालिका–३ पालिखेचोकमा हिजो (बिहिबार) बेलुका अचेत अवस्थामा फेला परेकी अन्दाजी ६० वर्षीय वृद्धालाई उद्धार गरी उपचारको क्रममा पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।  


वृद्धाको शवलाई अहिले पोखरा विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको कास्की प्रहरीले जनाएको छ । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्